खडक रावल कञ्चनपु्र, १९ भदौँ कञ्चनपुरको दोधाराचाँदनी नगरका वाढीपीडित आन्दोलित भएका छन । जगबुढा नदीबाट विस्थापित, प्रभावित वाढीपीडित आन्दोलित भएका हुन ।
बिहीबार उनीहरुले चार बोरा चामल ल्याएर नगरपालिकामा बिरोध प्रर्दशन गरेका छन । उनीहरुले वाढीपीडितलाई दुई चार बोरा चामल होईन अब पीडितको स्थायी समस्या समाधानका लागि जगबुढा नदीमा स्थायी तटबन्ध निर्माण गरिनुपर्ने माग अघि सारेका छन ।
चार बोरा चामल बोकेर पालिका पुगेका पीडितहरुले वडा, पालिका, प्रदेश र संघीय चुनाव जितेर सत्तामा गएकाहरुले आफुहरुको समस्या समाधान भन्दा मोजमस्तीमा बढी केन्द्रीत हुँदा बषौँदेखि आफुहरु बर्षातका बेला थाकथलो छाड्नुपर्ने बाध्यता आएको बताए ।
वाढीपीडित सर्वजित रोकायाले दोधाराचाँदनी नगरको विपदको समस्या सबैलाई थाहा हुँदाहुँदै पनि समस्या समाधान गर्न नचाहेको बताए । ‘हामीहरुका पीडा देखाएर कसैलाई राजनीति, गर्न कसैलाई एनजिओआईएनजिओ चलाएर डलर पचाउने काम मात्रै भयो, ‘उनले भने, ‘हाम्रा समस्या जस्ताका तेस्तै छन ।
’उनले गाँउ गाँउमा आएका छोटो राजाहरुले जनताको पीडामा रमाउनु बाहेक कुनै काम नगरेको बताए । अर्का वाढीपीडित लक्ष्मीपुन आफुहरुको समस्या सबैलाई अवगत भएपछि वाढीको दिर्घकालिन समस्या समाधान गर्न कसैले नचाहेको बताए ।
‘चुनावका बेला नेता, दलहरुले झुट्टा आश्वासन दिन्छन, हामीहरुको नाममा सरकारले करोडौँ खर्च गर्छन, एनजिओहरुले दुई चाउचाउ दिएर ठुलो ठुलो प्रचारबाजी गर्छन, तर समस्या समाधान तर्फ कसैको चासो नै छैन ।’ उनले पीडितको पीडामा रमाउने वडा, पालिका, प्रदेश र संघीय सरकारलाई आफुहरुले सकलन गरेर ल्याएको चार बोरा चामल पालिका मार्फत वडा सहित तीनै सरकारलाई बुझाएको बताए ।
दोधाराचाँदनी नगरका स्थानीय अगुवा भीम कुमालले चुनावका बेला दल, तिनका नेताहरुले एजेण्डा बनाउने, चुनाव जितेपछि केही गर्ने अर्को चुनावका लागि एजेण्डा बनाउने प्रवृति हावि भएको बताए ।
उनले एनजिओ, आईएनजिओहरुले एकदुईछाक वा नास्ता दिएर प्रचारबाजी गर्नुको कुनै तुक छैन, त्यस्तो काम स्थानीय सरकारले पनि गर्नुपर्ने बताए । पीडितको नाम देखाएर राजनीतिक र गास देखाएर डलर पचाउने एकै प्रवृति भएको बताउँदै उनले उक्त समस्याको दिर्घकालिन समाधान स्थायी तटबन्ध भएको बताए ।
उनले दिर्घकालिन विपद व्यवस्थापन गरेर मानविय, भौतिक सरचना सुरक्षा गर्न सुझाव दिएका छन । स्थानीय अगुवा तमान सिह गुरुङ्गले अब पीडितका राहत होईन, निकास दिनुपर्ने बताउँछन ।
‘हरेक बर्ष बर्षातका बेला पानी पर्छ, नदीखोला नालाको सतह बृद्धि हुन्छ, त्यही बृद्धि भएको पानी विभिन्न ठाँउमा कमजोर बनाएको बाँध भत्काएर गाँउतिर हुईकिन्छ, गाँउमा डुवान एक बर्ष होईन बर्ष’बर्ष हुन्छ, ‘उनले भने, ‘चुनावका बेला दल, नेताहरुलाई जनताका पीडा देखाएर भोट माग्न र चुनावी एजेण्डा बनाउन पनी हुन्छ, एनजिओ आईएनजिओहरुलाई त्यही विपद् देखाएर दातृ निकायबाट प्रपोजल हालेर डलर भित्र्राउन मात्रै भएको छ ।
’ उनले विपदमा परेका जनताको पीडा देखाएर दल, तिनका नेता, जनप्रतिनिधी, सांसद,मन्त्रीलाई राजनीतिक गर्न र एनजिओ आईएनजिओहरुलाई डलर पचाउने बहानाबाजी मात्रै भएको बताए ।
दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पालिकासंग तटबन्ध निर्माणका लागि बजेट नहुने, प्रदेश र केन्द्रले नदिदा समस्या हुने गरेको बताए । मेयर लिम्बुले पालिकासंग प्रर्याप्त बजेट नहुँदा विपद समस्या समाधान हुन नसकेको बताए ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बिहीबारसम्ममा रामपुरेटापु,शान्ति टोलका ३७ परिवार घर फर्किसकेको र पटराखल्लाका पीडित पनि फर्किनेक्रम जारी रहेको बताए ।

