आइत, जेष्ठ २४, २०८३

संस्थागत बिकास, व्यवसायीहरुको हकहितको लागि मेरो उम्मेदवारी हो: महासचिव योगेन्द्र ठकुराठी


बेलडाँडी। निर्माण ब्यवसायि संघ कञ्चनपुरको चुनाबि माहोल तातेको छ । अध्यक्ष देखि सदस्य सम्म को उम्मेदवार बिजयि होला भन्ने बिषयमा अहिले चिया चोक देखि चौतारा सम्म बहस हुन थालेको छ ।    

कुन उम्मेदवारले बाजि मार्ला भन्ने बिषयमा सबैको आ आफ्नै अडकल बाजी रहेको छ । सबै उम्मेदवार हरु आ आफ्नो पक्षमा चुनाबी माहोल बनाउन प्रयासरत रहेका छन । उनिहरु निर्माण ब्यवसायिहरुको घरदैलोमा पुगेर मत मागी राखेका छन ।               

यसै बहस र चर्चाका बिच निर्वाचनमा होमिएका महासचिव पदका उम्मेद्वार हुन : योगेन्द्र ठकुराठि ।उनि  अहिले निर्माण ब्यवसायि संघ कञ्चनपुरको महासचिब पदका उम्मेदवार छन । उनी यस अघि महासचिव पदको कार्यभार समालेको अनुभव रहेको छ ।      

निर्माण ब्यवसायिको रोजाईमा पर्दै आएका ठकुराठी एक अब्बल उम्मेदवारको रुपमा परिचित छन । प्रष्टबक्ता, सहयोगि, मिलनसार र सहि निणय गर्न सक्ने क्षमता भएका ठकुराठीको स्वभाब रहेको छ । ३ दशक देखि निर्माण ब्यवसायमा संलग्न रहेका ठकुराठी पारिवारीक रुपमा पनि निर्माण ब्यवसायि कै पृष्ठभुमिका रहेका छन । वुवा बाजे देखि निर्माण ब्यवसायमा संलग्न ठकुराठी परिवार अहिले पनि निर्माण ब्यवसाय पेसामा संलग्न रहेको छ ।          

देश बिकासको प्रमुख स्तम्भ भनेको गुणस्तरिय निर्माण भएकाले गुणस्तरिय निर्माण गर्नु हरेक निर्माण ब्यवसायिको कर्तब्य हो भन्ने मत राख्ने ठकुराठी संग दर्जनौ योजना सम्पन्न गरेको अनुभब छ । उनि अहिले वाईटि कन्सट्रक्सनका सञ्चालक समेत हुन ।        

निर्माण ब्यवसायी संघ कंचनपुर सङ्गै सेती महाकालि ट्रक ब्यवसायि संघ, कञ्चनपुर ट्रयाक्टर सञ्चालक संघ, निगलाशैनि टोल बिकास संस्था लगायतका दर्जन अन्य संस्थाको पदाधिकारी बसेको उनि संग अनुभव रहेको छ ।           

बिं. सं. २०७३ सालको निर्माण ब्यवसायि संघ कञ्चनपुरको सदस्य पदका उमेदबार रहेका ठकुराठी सबै भन्दा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए । त्यसैगरी बिं .सं. २०७६ सालको निर्माण ब्यवसायि संघको निर्वाचनमा सचिव पदमा बहुमतका साथ निर्वाचित भएका थिए ।  त्यसैगरी महासचिव ठकुराठी २०७९ सालको निर्माण ब्यवसायी संघ कंचनपुरको निर्वाचनमा महासचिव पदमा बहुमतका साथ निर्वाचित भएका थिए ।      

महासचिव ठकुराठी अहिले फेरी महासचिव पदमा नै बहुमतका साथ बिजयि हुनेमा उनि ढुक्क रहेका छन ।   उनी आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा रहेका छन । साथिहरुको सल्लाह र सुझाव अनुसार महासचिव पदमा दोहोरिएको उनले बताए ।      

“मैले पदमा बस्दा निर्माण ब्यवसायिहरुको पक्षमा काम गरेको छु,वकालत गरेको छु , हरेक संग निकट रहेर काम गरेको छु ।”,उनले भने“साथिहरुले बिगतमा जस्तै माया, साथ, सहयोग र समर्थन रहेको छ, उनिहरुले हरेक ठाउँमा जादा सकारात्मक प्रतिक्रिया दिईराखेका छन , त्यसै अहिले पनि बिजयि हुनेमा ढुक्क छु ।      

संस्थागत बिकास, निर्माण ब्यवसायिहरुको हकहितको वकालत र संरक्षण , समस्याहरुको समाधान एवं निर्माण ब्यवसायलाइ मर्यादित बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।        

“निर्माण ब्यवसाय र ब्यवसायिहरुका थुप्रै समस्याहरु, थुप्रै चुनौतिहरु छन ।” उनले भने,“चाहे त्यो निर्माण ब्यवसाय गर्दै गर्दा होस,चाहे त्यो राज्य र सरोकारवाला निकाय बाट होस । तिनिहरुको समस्याको समाधान र संबोधनका लागि मेरो निरन्तर सहयोग, खबरदारी र पहल कदमी रहदै आएको छ र आगामी दिनहरुमा पनि रहने छ ।       

संघको १५ औं कार्यसमितिको निर्वाचनमा आफुलाइ अमुल्य मत दिई महासचिव पदमा बिजयी गराइदिन हुन सबै निर्माण ब्यवसायिहरुलाइ उनले आग्रह गरेका छन ।

सम्बन्धित समाचार