आइत, जेष्ठ २४, २०८३

निर्माण ब्यवसायी संघ कंचनपुरको महासचिव पदमा ठकुराठिको उम्मेदवारी


कन्चनपुर। कंचनपुर । निर्माण व्यवसायी संघ कंचनपुरको भदौ २१ गते हुने निर्वाचनको सरगर्मी बढिरहेको छ । संघको १५ औं कार्यसमितिको निर्वाचनमा हालसम्म संघका वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल घोषणा गरी चुनावी मैदानमा रहेका छन ।

दुबै पक्ष आ आफ्नो चुनाबी प्यानललाई बिजयी गराउन आग्रह गर्दै चुनाबि प्रचारप्रसार र निर्माण ब्यवसायी संगको भेटघाटमा ब्यस्त रहेका छन ।      यहि निर्माण ब्यवसायी संघ कंचनपुरको चुनाबी मैदानमा रहेका छन , महासचिव पदका उम्मेदवार योगेन्द्र ठ्कुराठी ।

निर्माण ब्यवसायि माझ लोकप्रीय छवि बनाएका ठकुराठी यश अघि पनि महासचिव नै रहेका थिए ।   संघको १४ औं कार्य समितिमा महासचिवमा लोकप्रीय मतका साथ निर्वाचित ठकुराठी १५ औं अधिवेशनबाट पुनः  महासचिव हुने लक्ष्य सहित फेरि चुनावी मैदानमा होमिएका छन् ।    

  महासचिव पदका उम्मेदवार ठकुराठी भट्ट प्यानलबाट उम्मेदवार छन् । अवस्थी प्यानलबाट संघका वर्तमान सदस्य देबि दत्त भट्ट उनका प्रतिस्पर्धी छन् ।            

भीमदत्त नगरपालिका १८ गौबरैया घर भएका ठकुराठी बिगत अढाइ दशक भन्दा लामो समय देखि निर्माण ब्यवसायमा आवद्ध रहेका छन । उनी वाइ टि कन्सट्रसनका संचालक हुन ।     

ठकुराठी परिवार नै निर्माण ब्यवसायमा आवद्ध रहेका छन । उनिहरुको पुस्तने ब्यवसाय नै निर्माण ब्यवसाय हो भन्दा फरक नपर्ला । ठकुराठीका बुवा बाजे पनि यहि पेसामा संलग्न रहेका थिए ।बुवा बाजे देखिको पेसालाइ ठकुराठीले समेत निरन्तरता दिदै आएका हुन ।निर्माण ब्यवसायमा अब्बल रहेका ठकुराठी ,आफ्नो कन्सट्रक्सन मार्फत भएका हरेक ठेक्काका काम समयमा सम्पन्न गर्ने ब्यवसायिका रुपमा पनि परिचित छन ।

यहि लोकप्रीय छवि, गुणस्तरीय निर्माण  र निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गरि उनि पुरुस्कृत समेत भएका थिए ।    संघको १२औं कार्यसमितिको निर्वाचनमा अत्याधिक मतका साथ सदस्य पदमा निर्वाचित भएका थिए । त्यसै गरि  संघको १३ औँ कार्यसमितिको निर्वाचनमा लोकप्रीय अत्याधिक मतका साथ सचिव पदमा निर्वाचित ठकुराठी  संघको १४ औं कार्यसमितिको निर्वाचनमा  लोक प्रीय बहुमतका साथ निर्वाचित भएका थिए । ठकुराठी अहिले फेरि त्यही महासचिव पदमा दोहोरिने गरि आफ्नो अपराजित यात्रा कार्यमै राख्ने सोचमा रहेका छन ।   

“संघको १५ औँ अधिवेसनमा अपग्रेड हुनु पर्ने मेरो सोच रहेको थियो, सबै साथिहरुले फेरि महासचिव हुन आग्रह गर्न लागे पछि दोहोरिएको हुँ “उनले भने, “सबै संग आग्रह गरिरहेको छु, सबै निर्माण ब्यवसायी हरुको साथ, सहयोग रहेको छ र रहनेमा पुर्ण आसाबादी छु ।

” निर्माण ब्यवसायिहरुको हकहितमा काम गर्ने गरि फेरि महासचिवमा उम्मेदवारि दिएको उनले बताए । “निर्माण ब्यवसाय पछिल्लो समय विभिन्न कारणले धरासायी बन्दै गएको छ, थुप्रै प्रकारका समस्या र चुनौतिहरु पनि रहेका छन, ती समस्या र चुनौतिहरुको सामना र समाधान गर्नु पर्ने जिम्मेवारी हामिहरुको काधमा छ”,उनले भने,” त्यही जिम्मेवारी पूरा गर्न पनि फेरि महासचिव पदमा उम्मेदवारी दिएको हुँ ।

“संघको १५ औं कार्यसमितिको निर्वाचनमा आफुलाइ अमुल्य मत दिई महासचिव पदमा बिजयी गराइदिन हुन सबै निर्माण ब्यवसायिहरुलाइ उनले आग्रह गरेका छन ।  

सम्बन्धित समाचार