बिहि, बैशाख २४, २०८३

निर्माण ढिलाइले दैजी–बेलडाँडी सडकमा दुर्घटना बढ्दै, स्थानीय आक्रोशित


कञ्चनपुर , माघ २६ समयमै ठेकेदारले सडक निर्माण गर्न नसक्दा निर्माणाधिन दैजी बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना भईरहेका छन । हुलाकी रार्जमार्ग अन्र्तरगत णाधिन दैजी बेलडाँडी सडकखण्डमा सवारी दुर्घटना भईरहेका हुन । शुक्रबारपनि उक्त निर्माणाधिन सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले भारतीय नम्बर प्लेटको जिपको ठक्करले नेपाली युवक घाईते भएको बताए । प्रवक्ता जोशीका अनुसार यूके०चारएजे ८०९२नम्बरको जिपको ठक्करले सुपप्र ०१०११प८३८४नम्बरको मोटरसाईकलमा ठक्कर दिदा मोटरसाईकल चालक युवक गम्भिर घाईते भएका छन । भीमदत्त नगरपालिका २उल्टाखामका २४ बर्षिया महेश चौधरी गम्भिर घाईते भएका हुन । चौधरीको खुट्टा टुटेको र शरिरका अन्य भागमा समेत गम्भिर चोट लागेको छ । चालक उद्यमशिहनगर खटिमा निवासी अमित महरा प्रहरी नियन्त्रणमा छन । ०७३सालमा ठेक्का लिएपनि ठेकेदारले समयमै सडक निर्माण नगर्दा समेत सडक झन बिग्रीन थालेको भन्दै स्थानीय आक्रोसित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply