काठमाडौं। दिवान चन्दको अध्यक्षतामा एलपी ग्यास उद्योग संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको ३० औं वार्षिक साधारणसभा र १२औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रराज पौडेल निर्वाचित भएका छन्। दुई उपाध्यक्षमा धर्मराज बर्तोला र आशीष अग्रवाल निर्वाचित भएका छन्।संघको महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा आयुष नेपाल तथा सचिवमा सुदिप घिमिरे निर्वाचित भएका छन्।
कार्यसमितिका ६ सदस्यमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, विमल कालाखेती, राजेन्द्र प्रसाद दंगाल, विमला सुवेदी ढुंगाना र मनीष कुमार जोशी निर्वाचित भएका छन् ।

