आइत, जेष्ठ २४, २०८३

सुदूरको सस्कृति सरक्षण गर्न गणेश सामुदायिक वनद्वारा देउडा कार्यक्रम


कन्चनपुर प्रदिप राना, भदौँ १३ सुदूरपश्चिमको लोक संस्कृति सरक्षण गर्नका लागि कञ्चनपुरको एक सामुदायिक वनले देउडा खेल कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका ६ मुसेपानीको गणेश सामुदायिक वन उपभोक्ता समुहले गौरा महोत्सव एव देउडा खेल कार्यक्रम राखेको होे । आउँदो सोमबारदेखि बुधबारसम्म गौरा महोत्सव एव देउडा कार्यक्रम राखेकोे जनाएको छ । गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किसन सिह भण्डारीले लोभ हुँदै गएको सुदूरको संस्कृति देउडा खेलको सरक्षणका साथै वन वातावरण सरक्षणका लागि देउडा खेल कार्यक्रम गरिएको बताए । अध्यक्ष भण्डारीले सुदूरका चर्चित सहितका स्थानीय देउडियाहरुबाट देउडा खेल खेलाईने बताए । हरेक दिन प्रमुख अतिथि सहिता अन्य अतिथिहरु परिर्वतन हुने बताए । गणेश सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामसिह धामीले सामुदायिक वनबाट आफ्नो मौलिक लोक संस्कृति सरक्षण गर्नका लागि गौरा महोत्सवसंगै देउडा खेल कार्यक्रम राखिएको बताए । उनले उक्त कार्यक्रममा सहभागितादेखि अवलोकनका लागि आग्रह गरेका छन ।

सम्बन्धित समाचार