आइत, जेष्ठ २४, २०८३

डडेल्धुराकाे परशुराममा महिला संघद्वारा तिज विशेष कार्यक्रम आयोजना


कन्चनपुर ,डडेल्धुराकाे परशुराममा नेपाली काङ्ग्रेसकाे भात्री संगठन नेपाल महिला संघ तीज विशेष कार्यक्रम मनाएकाे छ ।

नेपाल महिला संघ परशुराम १२ का सभापति सुमन भट्टकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य एबम् संविधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा तिज विशेष सुभकामना आदन-प्रदान तथा,चियापान (दरखाने) कार्यक्रम गरिएको हाे ।

परशुराम १२ स्थित डङ्सेरा सामुदायिक भवन प्राङ्गणमामा कार्यक्रम आयोजना गरिएको महिला संघ परशुराम सभापति मञ्जु धामीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा १२ वटै वडा मध्ये अधिकान्स वडाका सभापति र वडाका महिलाहरुकाे सहभागीता रहेकाे थियाे ।दिउसाे २ वजे बाट सुरु भएको कार्यक्रममा काङ्ग्रेस डडेल्धुराका प्रबक्ता अर्जुन सिह साउद,नगर-उपसभापति तथा वडा.न.१२ का निर्वाचित वडासदस्य जयबहादुर साउद, काङ्ग्रेस डडेल्धुरा सदस्य बसन्ती पाण्डेय,जिल्ला सदस्य शिव साेव,परशुराम नगर कार्य समितिका पदाधिकारी , वडा न ९ का सभापति गाेपाल बाेहरा,१२ का सभापति लक्षे बहादुर थापाकाे समेत उपस्थिति रहेकाे थियाे ।

खिर खाइ एक अर्कामा सुभकामना आदान-प्रदान गरि कार्यक्रम गरिएको सभापति लक्षे बहादुर थापाले जानकारी दिनु भयाे ।सम्पूर्ण दिदी बहिनिहरुले स्वास्थ्य अवस्थालाई ध्यानमा राखी भाद्र १० गतेका दिन हरितालिका तिजकाे व्रत गर्नु र सबैमा सद्भाव, एकता, मित्रता , सहिष्णुता कायम हाेस भन्दै कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य नरभान कामीले सुभकामना ब्यक्त गर्नु भयाे।

सम्बन्धित समाचार