आइत, जेष्ठ २४, २०८३

आज पुनर्वासमा ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशन हुँदै


कन्चनपुर भदौँ ९नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिकोे कञ्चनपुरको पुनर्वासमा दोस्रो अधिवेशन हुन लागेको छ ।

आज सोमबार नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिकोे जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा दोस्रो अधिवेशन हुन लागेको हो ।

नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिह बुडालले अधिवेशनको तयारी भईरहेको बताए । अध्यक्ष बुडालका अनुसार यस अघि कैलालीकोे धनगढीमा प्रथम प्रदेश अधिवेशन भएको थियो, दोस्रो कञ्चनपुरको पुर्नवास उद्योग वाणिज्य संघकोे हलमा हुने लागेको बताए ।

उनका अनुसार बिहान ९ बजेदेखि उद्घाटन सहितका बन्दसत्रका कार्यक्रम भएर नयाँ समिति चयन गरिने बताए । उक्त कार्यक्रममा नेपाल ईटा उद्योग महासंघ केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्द, पुर्नवास नगर प्रमुख तोय प्रशाद शर्मा सहितका सम्र्पूण ईटा व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ ।

अध्यक्ष बुडालले सबै क्षेत्रमा पत्र पठाएको यदि कारणबस पुग्न नसकेपछि यही सुचना, समाचारकै माध्यमलाई आधार मानेरै भएपनि सहभागिताका लागि अनुरोध गरेका छन । ईटा उद्योग भएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुन लागेको ऐतिहासिक अधिवेशन सफल पार्नका लागि समेत आयोजकले सरोकारवाला निकायमा अपिल गरेको छ ।

सम्बन्धित समाचार