कञ्चनपुर, माघ २४ सत्ताधारी सुदूरपश्चिम प्रदेश अछामका एक नेता मावन तस्करी र ठगि मुद्दामा पक्राउ परेका छन ।
सत्ताको आडमा मानव तस्करी तथा ठगीको आरोपमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन्।
कैलाली प्रहरीको टोलीले सोमबार उनलाई समातेको हो। मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी दिपेन्द्र जिसीका अनुसार खनालको साथबाट २ करोड ७० लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको छ।
खनालमाथि विभिन्न व्यक्तिहरूलाई रोजगारीका लागि विदेश पठाइदिने प्रलोभन देखाई करोडौं ठगी गरेको आरोप लागेको छ। पीडितहरूको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मानव तस्करी तथा ठगीसम्बन्धी यस्ता घटनाहरू रोकथाम गर्न प्रहरी सक्रिय रहेको पनि एसएसपी जिसीले बताएका छन ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। उनले एक व्यक्तिलाई पोल्याण्डमा पठाएर बेचबिखन गरेको आरोप छ।
यसरी शक्तिको आडमा मानिस बेच्ने धन्दामा लिप्त रहेका काँग्रेस नेतालाई कार्बाही हुन्छ, वा बचाउ बारे जनता पर्खिरहेका छन ।

