आइत, जेष्ठ २४, २०८३

सार्क एजुकेसन फाउन्डेसनका विद्यार्थीहरूद्वारा बुवाको मुख हेर्ने दिनमा अनाथालयमा सेवा


कञ्चनपुर, ०७ भदौ । बुवाको मुख हेर्ने दिनको अवसरमा सार्क एजुकेसन फाउन्डेसनका +२ तहका विद्यार्थीहरूले महाकाली अञ्चल बाल अनाथालयमा विशेष कार्यक्रम आयोजना गरी बालबालिकालाई खाना खुवाएका छन् । एकेडेमिक क्लबका अध्यक्ष लक्ष्मण खत्री, सचिव सुरज पन्त लगायत क्लबका सम्पूर्ण सदस्यहरू स्वयं उपस्थित भई खाना पकाउनेदेखि वितरणसम्मको सम्पूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । कार्यक्रममा +२ संयोजक भागवत देव भट्टको समेत उपस्थितिले कार्यक्रमलाई थप औपचारिकता र उत्साह प्रदान गर्यो ।कार्यक्रमका दौरानमा विद्यार्थीहरूले मात्र खाना खुवाएनन्, बालबालिकासँग समय बिताउँदै उनीहरूको खुशी र मुस्कानमा पनि सहभागी भए । क्लबका सदस्यहरूले यस किसिमका सामाजिक कार्यक्रमले विद्यार्थीहरूमा मानवता र सामाजिक उत्तरदायित्वबोध बढाउने विश्वास व्यक्त गरे । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपश्चात बाल अनाथालयका व्यवस्थापकहरूले विद्यार्थीहरूलाई धन्यवाद दिँदै यस्ता पहल निरन्तर गर्न प्रेरित गरे।

सम्बन्धित समाचार