आइत, जेष्ठ २४, २०८३

जोगेनी जातलाई लक्षित गर्दै सबै सडक सुचारु गर्ने अध्यक्ष जाेरा


कन्चनपुर।डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा.न.२ का अध्यक्ष उपेन्द्र बहादुर जाेराले जाेगेेनी जातलाई लक्षित गरि बर्षाले अवरुद्घ सबै सडक सुचारु गरिने बताउनु भयाे ।

विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मी माझ प्रतिकृया दिदै उनले भने, डडेल्धुरा-बगरकाेट-सिराड-रुपाल, परशुराम-शिर्ष-रुपाल गुयला सडक , भागेश्वर ३ लामीकाण्डे ,बिप्लम ,सतिगाउ सडक खण्ड सुचारु गरिने उनले थपे ।यस बर्ष सडक अवरुद्घ हुने गरि ठुलाे बर्षा भएको छैन फेेरि पनि गाउँपालिकाले सडक सुचारु गर्ने गरि तयारी गरेकाे छ ।

डडेल्धुराकाे भागेश्वर २ रुपालकाे जाेगेनी डाडामा हरेक तेस्राे बर्ष जाेगेनी जात(जात्रा) मेला लाग्ने गर्दछ ।याे जातमा स्वदेश तथा बिदेश र बाहि्य जिल्लाबाट समेत दर्शनार्थि आउने गर्छन ।रुपालकाे महत्वपूर्ण जातका रुपमा रहेकाे याे जातमा दलित समुदायबाट पुजा पाठ हुने र रुपालकाे जाल्क्षिणा देखि समनिया गैरी वगर सम्म बसाेवास गर्नेहरुले दिनभर भाेरभाेस्सी खेली जात्रा मनाउने गरिन्छ ।

पछिल्लाे समय विभिन्न सञ्चार माध्यम, सञ्चारकर्मिहरुले जाेगेनी जातकाे भिडियो छायांकन , बृतचित्र, समाचार, लेेख रचना प्रकासन गरि गरिमा बढाउनु भएको छ ।अझ हामी जनप्रतिनिधिकाे तवरबाट थप प्रचार-प्रशारलाइ तिब्रता दिएका छौँ ।

अन्य ब्यबस्थापकिय पक्ष, शान्ति सुरक्षाकाे पनि हामी ब्यबस्थापन गर्छौ ।अझै जातकाे तिथि मिति ताेकिएकाे छैन , बिरुणा पञ्चमीका दिन दिनवार ताेके पछि थप तयारी हुने उनले जानकारी दिए ।

सम्बन्धित समाचार