कन्चनपुर भदौँ ६ नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिकोे कञ्चनपुरको पुनर्वासमा दोस्रो अधिवेशन हुने भएको छ । ९भदौँमा आउँदो सोमबार नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिकोे जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा दोस्रो अधिवेशन हुने भएको हो ।
नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिह बुडालले अधिवेशनको तयारी भईरहेको बताए । अध्यक्ष बुडालका अनुसार यस अघि कैलालीकोे धनगढीमा प्रथम प्रदेश अधिवेशन भएको थियो, दोस्रो कञ्चनपुरको पुर्नवास उद्योग वाणिज्य संघकोे हलमा हुने लागेको बताए । उनका अनुसार बिहान ९ बजेदेखि उद्घाटन सहितका बन्दसत्रका कार्यक्रम भएर नयाँ समिति चयन गरिने बताए ।
उक्त कार्यक्रममा नेपाल ईटा उद्योग महासंघ केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्द, पुर्नवास नगर प्रमुख तोय प्रशाद शर्मा सहितका सम्र्पूण ईटा व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको छ । अध्यक्ष बुडालले सबै क्षेत्रमा पत्र पठाएको यदि कारणबस पुग्न नसकेपछि यही सुचना, समाचारकै माध्यमलाई आधार मानेरै भएपनि सहभागिताका लागि अनुरोध गरेका छन ।
ईटा उद्योग भएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुन लागेको ऐतिहासिक अधिवेशन सफल पार्नका लागि समेत आयोजकले सरोकारवाला निकायमा अपिल गरेको छ । फोटो क्याप्सन ः ०८० सालमा धनगढीमा सम्पन्न भएको नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेश समितिकोे प्रथम अधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको हो ।

