कञ्चनपुर, माघ २३ नेकपा विप्लव कञ्चनपुरले भारतीय पक्षबाट एकलौटी सीमा अतिक्रमणको बिरोध गरेको छ ।
भारतीय पक्षले दोधाराचाँदनी नगरपालिका ८ धामी टोल क्षेत्रमा गरेको एकलौटी दशगजा छुट्याउने विषय हस्तक्षेपकारी काम भन्दै बिरोध गरेको हो ।
नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले उक्त क्षेत्रमा गएर स्थलगत अनुगमन गर्दै भारतीय पक्षबाट भईरहेको सीमा अतिक्रमणको बिरोध गरेको बताए ।
उनका अनुसार सीमा अतिक्रमण बिरुद्धमा खबरदारी सहित पाटीको झण्डा समेत गाडिएको छ ।
विप्लव कञ्चनपुरले सीमा अतिक्रमण, हस्तक्षेप बन्द गर्न समेत भारतीय पक्षलाई चेतावनी दिएको छ ।

