कञ्चनपुर, माघ २२ नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता, भीमदत्त नगर पाटी सभापति एव बैजनाथ माविका अध्यक्ष अच्युतराज कलौनीको स्मृतिमा दिप प्रज्वलन गरिएको छ।

सोमबार साँझ मदन चोकमा जिल्लाका विभिन्न राजनैतिक दलका युवा, विद्यार्थी एव नेपाल उद्योग व्यापार महासंघ सहितका सर्वसाधारणले कलौनीको कलौनीको स्मृतिमा दिप प्रज्वलन गरेका हुन । समाजसेवी समेत रहेका कलौनीको अकल्पनिय निधनले सिङ्गो कञ्चनपुर स्तब्ध भएको अवस्थामा आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको नेकपा माओवादी केन्द्रका युवा सिके भट्टले बताए ।

उनका अनुसार जिल्लाका कृयाशिल दलका युवा विद्यार्थी, महोत्सव आयोजक समिति सहितका युवाहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको छ । १९ माघ मामाभान्जा चोकमा मृत फेला परेका कलौनीको २०माघमा अन्त्येष्टी गरिएको थियो । प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

