आइत, जेष्ठ २४, २०८३

सेनाका जवान गुरुङ्ग लागु औषध सहित पक्राउ


कञ्चनपुर, माघ २१लागु औषधमा किशोर एव युवा पुस्ता लिप्त रहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा एक नेपाली सेनाका जवान लागु औषध सहित पक्राउ परेका छन ।

लागु औषध नियन्त्रण ब्यूरोले भीमदत्त नगरपालिका ११गड्डाचौकीबाट सेनाका जवान अर्जुन गुरुङ्गलार्ई पक्राउ गरेको जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक केशबराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सेनाका जवान गुरुङ्गलाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरोका प्रह पदम विष्टले तीन बजेतिर २.८३ ग्राम खैरो हिरोईन सहित गुरुङ्गलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार गुरुङ्गको दरबन्दी श्री भवानी बक्स गण सिन्धुली दरबन्दी भएका गुरुङ्गले जुत्ताभित्र लुकाई राखेको अवस्थामा लागु औषध फेला परेको जनाएको छ ।

गुरुङ्गलाई ब्यूरोले आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाएको छ । कञ्चनपुर प्रहरीले गुरुङ्गका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

सुरक्षा निकायकै कर्मचारी यसरी लागु औषध ओसारपोसार एव कारोबारमा लिप्त भएपछि झन चुनौती थपिएको सर्वसाधारणको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply