शुक्र, बैशाख २५, २०८३

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव भित्र सरस्वती पुजा पनि गरिने


कञ्चनपुर, कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा सरस्वती पुजा पनि गरिने भएको छ ।

विद्यार्थीलाई मध्य नजर गर्दै महोत्सव परिसरमा सरस्वती पुजा पनि गरिने भएको आयोजकले जनाएको छ ।

महोत्सव मुल आयोजक समिति एव नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका अध्यक्ष ललित परियारले २१माघमा सरस्वती पुजा पनि भएकाले आयोजकले भित्र समेत सरस्वती पुजाका लागि व्यवस्थापन गरेको बताए ।

बिहान ७बजेदेखि साँझैसम्म सरस्वती पुजा गरिने आयोजकले जनाएको छ । ‘हामीले नियमित विद्यार्थीदेखि अन्य ज्ञान आर्जन गर्नेहरुका लागि महोत्सव भित्रै विद्याकी धनी सरस्वती माताको पुजाको व्यवस्थापन गरेका छौँ, ‘एक स्टल हाम्रो सरस्वतीको फोटो राखेर पुजा गरिनेछ ।

गत मंगलबारदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको छैटौँ दिनसम्म हजारौँ दर्शकले मेला अवलोकन गरेको र स्थानीय एव राष्ट्रिय कलाबारबाट प्रस्तुत भईरहेको छ ।

आयोजकले मेला अवलोकनका लागि आग्रह गरेको छ । स्थिर रहेको अर्थतन्त्र चलायमान गराउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको जनाईएको छ ।

सम्बन्धित समाचार

Leave a Reply