कञ्चनपुर, माघ २० प्रगतिशिल लेखक संघ कञ्चनपुरको अध्यक्षमा साहित्यकार, लेखक एव शैक्षिक बौद्धिक व्यक्तित्व प्रजापती नेगी चयन भएका छन ।
महेन्द्रनगरमा सम्पन्न भएको प्रगतिशिल लेखक संघ कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट साहित्यकार, लेखक एव शैक्षिक बौद्धिक व्यक्तित्व नेगी चयन भएका हुन । उपाध्यक्ष रितु कुँवर, सचिव प्रेमप्रकास कलानी, सह सचिव जनक कुँवर, कोषाध्यक्ष नितेश प्रशाद भट्ट, सदस्य चाँदनी भट्ट, विनोद जोशी, बबिता कार्की, चन्द्रप्रकास पोखरेल रहेका छन ।
प्रगतिशिल लेखक संघ कञ्चनपुरको नेतृत्व पाएका प्रजापती नेगीले लेखक श्रद्धाहरुको सम्मादेखिका थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रगतिशिल लेखक संघका केन्द्रीय महासचिव समेत रहेका डा .देवी क्षेत्री(दुलाल) सहितका अतिथिहरुले नव चयन भएको जिल्ला कार्य समितिलाई बधाई तथा शुभकामना दिदै लेखकहरुको हकहितका क्षेत्रमा काम गर्न सुझाव दिएका छन ।

