कञ्चनपुर, माघ २० ।कञ्चनपुर महेन्द्रनगरको विजडम किड्स स्कुलले फेस्ट ०८१ आयोजना गरेको छ । विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ फेस्ट आयोजना गरेको हो । उक्त फेस्ट कार्यक्रममा छात्रा तर्फ आज्ञा भट्ट र छात्र तर्फ समर भट्टले मिस, मिस्टर उपाधी जितेका छन । निम्न थापा र एभिलिना कार्की फस्ट रनर अप हुँदा रोनिक्स रावल र तपस्या भरी सेकेन्ड रनर अप हुन सफल भएका छन। मिस्टर एण्ड मिस विजडमको निर्णायकको भूमिकामा मिस ब्रिक्सिट ०७६ पिहु भट्ट, शिक्षाकर्मि कविता थलाल, रेखा भट्ट र एभरग्रीन मन्टेश्वरि स्कुलका संस्थापक हरिश धामी रहेका थिए।आयोजित फेस्टमा फेसन शो, र्याम्प वाक, नृत्य, बिभिन्न खेलहरू, मार्चपास, डान्स डृल,खानाका परिकार, परेड लगायत बिभिन्न कार्यक्रम समावेश गरिएका थिए । प्रधानाध्यापक निलम गुरुङले विद्यालयको वार्षिक कार्यक्रम अनुसार विजडम फेस्ट आयोजना गरिएको बताईन । उनका अनुसार समय सापेक्ष सीप, संस्कार र प्रविधियुक्त शिक्षा आजको आवश्यकता रहेको बताउदै पछिल्लो समय नानीबाबुहरको चौतर्फी बिकासकालागि भौतिक पूर्वाधार सहित गुणस्तर सुधारमा बिद्यालयले धेरै लगानी गरिरहेको बताईन । पछिल्लो समय मन्टेश्वरिहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विजडम किड्स प्री स्कुल अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । हाल यस मन्टेश्वरिमा डेढसय विद्यार्थी अध्ययनरत रहो विद्यालयले जनाएको छ । फेसन शो र ¥याम्प वाक विधा अन्तर्गत रहेको मिस्टर एण्ड मिस विजडम अभिभावकको मुख्य आकर्षण बनेको थियो ।

