आइत, जेष्ठ २४, २०८३

“कञ्चनपुरमा कांग्रेस नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला”


कञ्चनपुर ।कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।कञ्चनपुर जिल्ला का प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए।

मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा बैजनाथ मावि का अध्यक्ष तथा निकै लोकप्रिय नेता थिए। अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।

उनको हत्या भएको आशंकासमेत गरेको भन्दै प्रहरीले सो ढङ्गले पनि अनुसन्धान थालेको छ। तथापि विस्तृत विवरण आउन बाकी छ।

सम्बन्धित समाचार

Leave a Reply