शुक्र, बैशाख २५, २०८३

बेलौरीमा उखु बोकेको ट्याक्टर नालीमा पल्टियो, प्रहरी बेखबर


कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरमा उखु बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। बुधबार साँझ महाकाली सुगर मिलतर्फ उखु ल्याइरहेको ट्याक्टर अनियन्त्रित भई नालीमा पसेको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना सुनगाभा सहकारी नजिकै नयाँ बाटोमा भएको हो। ट्याक्टर चालकले समयमै आफूलाई बचाउन सफल भए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको छ। ट्याक्टरको मालिकबारे हालसम्म कुनै जानकारी खुलेको छैन।

घटनाको जानकारी लिन खोज्दा इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले प्रहरीलाई अहिलेसम्म यसबारे कुनै खबर नआएको बताए। दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान हुन बाँकी रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply