शुक्र, बैशाख २५, २०८३

बेदकोटको सिद्धबैजनाथ वनका पुर्व अध्यक्ष चन्दद्वय बाबुछोरालाई सम्मान


कञ्चनपुर, माघ १६ बेदकोटको सिद्धबैजनाथ सामुदायिक वनको संस्थापक अध्यक्षमा स्थानीय समाजसेवी नागी चन्द चयन भएका थिए ।

स्व. संस्थापक अध्यक्ष नागी चन्दले ७ बर्ष नेतृत्व लिए । त्यसपछि लोकतान्त्रिक विधी अनुरुप सामुदायिक वनको नेतृत्व परिर्वतनकै सिलसिलामा ०६३सालमा स्व. नागी चन्दका माईला पुत्र अशोक कुमार चन्द जो बेदकोट नगरका निर्वतमान मेयर पनि हुन, उनले वनको नेतृत्व लिए । अशोकले एक कार्यकाल नेतृत्व गरे । त्यसपछि ०६७सालमा स्व. नागी चन्दकै जेष्ठ पुत्र देव बहादुर चन्दले सामुदायिक वनको नेतृत्व लिए ।

चन्दले ८ बर्षसम्म नेतृत्व लिए । चन्दका तीनै बाबुछोराले सामुदायिक वनको बृद्धि विकास गरेको भन्दै एकै पटक सम्मानित भएका छन ।

बुधबार भएको सामुदायिक वनको १३औँ बार्षिक साधारण सभा एव ११औँ अधिवेशनमा सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद भण्डारी, बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले चन्दत्रय बाबुछोराले सामुदायिक वन सरक्षण एव बृद्धि विकासका अतुलनिय भूमिका निर्वाह गरेको भन्दै प्रसंसा पत्रका साथै सम्मान गरेका छन ।

सम्मान पाएका चन्दद्वय दाजुभाईले समाजले कामको मुल्याङकन गरेको भन्दै आभार प्रकट गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply