शुक्र, बैशाख २५, २०८३

बाल यौन शोषण र मानव बेचबिखनका विरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि कार्यक्रम


कञ्चनपुर ।माइती नेपालले बाल यौन शोषण र मानव बेचबिखनका विरुद्ध सेवा प्रदायकहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरेको छ । माइती नेपाल कञ्चनपुरले बाल यौन शोषण, बाल यौन दुव्र्यवहार र मानव बेचबिखनका घट्नामा क्रमिक रुपमा वृद्धि भएका कारण यस क्षेत्रमा कार्यरत सरकारी निकाय तथा गैरसरकारी संस्थाका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि सो कार्यक्रमको आयोजना गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराएका छन् ।

पछिल्लो समयमा विशेष गरि स्कुल तथा कलेजमा अध्ययनरत किशोरीहरु विभिन्न बहानामा बाल यौन शोषण र बाल यौन दुव्र्यवहारको सिकार बन्दै आएका छन् । जिल्लामा यी र यस्ता घट्नाहरु न्युनिकरणका लागि सरकारी निकाय समेत थुप्रै गैर सरकारी संघसंस्थाहरु पनि क्रियाशिल छन् ।

बावजुद त्यसका यी घट्नाहरुमा कमि नआएपछि सबै सेवा प्रदायकहरुको ध्यानाकर्षण गर्न र सम्बन्धित विषयमा क्षमता अभिवृद्धि गर्न ऊक्त कार्यक्रमको आयोजना गरिएको हो । मुलतः सुचना तथा प्रविधिको तिव्र विकाससंगै फस्टाएको सामाजिक सञ्जालको दुरुपयोगका कारण १३ देखि २२ वर्ष उमेर समुहका अधिकांश किशोरीहरु कुनै न कुनै रुपमा बाल यौन शोषण र बाल यौन दुव्र्यवहारको फन्दामा पर्दै मानव बेचबिखनका जोखिममा समेत पर्ने गरेका छन् । बाल यौन शोषण र बाल यौन दुव्र्यवहार तथा मानव बेचबिखनका घट्नामा बढोत्तरी भएको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजकले भट्टलेले भननि, ‘विगत लामो समयदेखि हामी यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका थियौ । क्रमिक रुपमा भएका घट्नाहरुको गहिरो अध्ययन, अनुसन्धान र विश्लेषण पश्चात् यो निश्कर्षमा पुग्यौ कि यी सबै घट्नाका पछाडि मुलभुत रुपमा लागु औषधको दुव्र्यसन र सामाजिक सञ्जालको दुरुपयोग रहेको छ ।

गैसस महासंघका उपाध्यक्ष तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले माइती नेपाल कञ्चनपुरलाई महिला तथा बालबालिकाको क्षेत्रमा माइती नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै यो समस्या गम्भीर रुपमा देखापरेको र आफुलाई पनि खड्किरहेको बताए । ऐन मौकामा समय सापेक्ष यस कार्यक्रमको आयोजना गरेकोमा माइती नेपाललाई धन्यवाद दिदै उनले भने माइती नेपालले सिमा क्षेत्रमा निगरानीको कार्यलाई कडाईका साथ निरन्तरता दिदै अन्य खुला सिमानाहरुमा पनि सुचना केन्द्रहरुको पहुंच पुर्याउन सके यो समस्या न्युनिकरणमा अझै टेवा पुग्ने थियो ।

अभिव्यक्ति दिने क्रममा उनले किशोरकिशोरीहरुको हकमा अभिभावक सशक्तिकरण, नैतिक शिक्षा र आमसञ्चार माध्यममा यी र यस्ता विषयहरुको उठान अत्यन्तै जरुरी रहेको बताए ।

महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भगवती थापाले यो समस्या न्युनिकरणका लागि सुदुरपश्चिम विश्वविद्यालयका सामाजिक शास्त्र विभाग अन्तर्गतका विद्यार्थीहरुलाई पनि यस्ता कार्यक्रममा सहभागी गराई उनीहरुलाई स्वतःस्फुर्त स्वयम् सेवकको रुपमा परिचालन गर्न सकिने, स्थानिय सरकार जिम्मेवार हुनुपर्ने र समन्वय सहकार्यको पाटोमा पनि स्थानिय सरकारले नै अग्रणी भुमिका निर्वाह गर्ने कुरा अभिव्यक्त गर्नुभयो ।

नारी उत्थान केन्द्रकी कार्यकारी निर्देशक भुवन कुवंर के।सी ले समुदायस्तरमा पुर्ववत रुपमा गठन भएका निगरानी समुहहरुलाई पुर्नगठन र पुर्नजागृत गरि क्रियाशिल गर्न सकेमा सुचना सम्प्रेशणमा छिटो छरितोपन आई यस्ता घट्ना न्युनिकरणमा ती समुहहरुले महत्वपुर्ण भुमिका खेल्ने औल्याईन । महिला तथा बालबालिकाको क्षेत्रमा माइती नेपाल अग्रणी भुमिकामा रहेको छ । विद्यालय, ट्युसन तथा कोचिङ सेन्टरहरु र उच्च शिक्षालयहरुमा समेत बाल यौन शोषण, बालयौन दुव्र्यवहार र मानव बेचबिखनका घट्ना बढ्दै गएको वर्तमान् अवस्थामा यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण र प्रभावकारी रहेको कार्यक्रममा सहभागी अन्य सरकारी निकाय तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले बताए।

कार्यक्रममा सरकारी निकाय र गैरसरकारी संस्था समेतका २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । यो कुनै एउटा समुह वा समुदायको मात्र समस्या नभई सिंगो समाजको समस्या भएको हुनाले यसको समयमै निराकरण गर्न नसके यसले भोलिका दिनमा भयावह अवस्थाको सिर्जना गर्न सक्ने आकलन गर्दै सबै सहभागिहरु यसको निराकरणको लागि स्थानिय सरकारले नै पहल कदमी गर्नुपर्नेमा सहमत भएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply