कञ्चनपुर, माघ १५ कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ रौलेश्वर माध्यामिक विद्यालयको अध्यक्षमा जित बहादुर धामी चयन भएका छन ।
मंगलबार रौलेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोही विद्यालयकै अभिभावबाट छुनिएर आएका विद्यालय व्यवस्थापन समितिका बहुमत प्रतिनिधीले धामीलाई सर्मथन गरेपछि विद्यालयको अध्यक्ष भएका हुन ।
सिहपाल माध्यामिक विद्यालयबाट कक्षा ५ उर्तिण गरेपछि धामी रौलेश्वरमा कक्षा ६देखि १०सम्म अध्ययन गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयको बृद्धि विकासका लागि आफुले नेतृत्व लिएको बताए ।
पुर्व राष्ट्रसेवक समेत रहेका धामी बेलडाँडीका युवा व्यवसायी हुन । धामी अध्यक्ष भएपनि अभिभावकले समेत विद्यालय पुरानै लयमा फर्किने अपेक्षा गरेका छन ।

