शुनिल राना कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटाका स्थानीयले खानेपानी शुरुचारुको माग अघि सारेका छन ।
भीमदत्त नगरपालिका १९बागफाँटाका स्थानीयले खानेपानी शुरुचारुको माग अघि सारेका हुन ।
लामो समयदेखि खानेपानी योजना गाँउमा आएपनि संचालनमा ढिलाई भएको भन्दै आपत्ती जनाएका छन ।
स्थानीय युवा मिलन सिहले बागफाँटा खानेपानी उपभोक्ता एव सरसफाई समितिका अध्यक्ष राजेन्द्र जोशीको लार्पबाहीले खानेपानीको योजना अघि बढ्न नसक्दा जनता दुषित पानी पिउन बाध्य भएको बताए ।
उनले सरोकारवाला निकायको मौनता उदाशिनताले समेत योजना अघि बढ्न नसकेको बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र जोशीले बजेट अभावमा कामकाज शुचारु गर्न नसकेको बताए ।
भीनपा १९का वडाध्यक्ष जग्गुराम चौधरीले खानेपानीको योजना अघि बढाउन वडाबाट पहल गरिने बताए ।

