शुक्र, बैशाख २५, २०८३

कास्की जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिलपछि रवि पनि पुगे उच्च अदालत


काठमाडौं । कास्की जिल्ला अदालतको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत गएका छन्। कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछाने आज उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम रवि उच्च अदालत गएका हुन् ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply