शुक्र, बैशाख २५, २०८३

कञ्चनपुरका चार विद्यार्थी नेता अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्वाचित


कञ्चनपुर, कञ्चनपुरका चार विद्यार्थी नेता अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यमा प्रेम रावल, केन्द्रीय सदस्यद्वय गणेशराज मिश्र, हेमन्त अवस्थी र राजिव दमाई निर्वाचित भएका छन ।

रावलले आफ्ना निकटतम प्रतिस्पर्धी राजेन्द्र भट्टलाई ४५मतको अन्तरले हराउँदै केन्द्रीय सचिवालय सदस्यमा निर्बाचित भएका छन । रावलले ९९ र भट्टले ५४मत ल्याएका छन ।केन्द्रीय सदस्यमा गणेशराज मिश्रले आफ्ना निकटतम प्रंतिस्पर्धी नविन सन्जाललाई २६मतको अन्तरले हराउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

मिश्रले १२० र सन्जालले ९४मत ल्याएका छन । यस्तै अर्का केन्द्रीय सदस्य हेमन्त अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी घिरेन्द्र सहकारीलाई २४मतको अन्तरले हराउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । अवस्थीले ९४ र सहकारीले ७०मत ल्याएका थिए । यस्तै समाबेसी तर्फ राजिव दमाई निर्वाचित भएका छन ।

राजिव दमाईले आफ्ना प्रतिस्पर्धी हरिचन्द्र सग्रामलाई १९मतको अन्तरले हराउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । दमाईले ७९ र सग्रामले ७०मत ल्याएका छन । अखिल क्रान्तिकारी केन्द्रीय समिति चयनका लागि १२माघमा निर्वाचन भएको थियो । कञ्चनपुरबाट निर्वाचित नेता रावल, मिश्र, अवस्थी र दमाईले विद्यार्थीको हकहितका लागि काम गर्ने प्रण गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply