कञ्चनपुर । जिल्ला समन्वय समिति कंचनपुरमा आइतबार बसेको जिल्लाका सरोकारवाला सरकारी, गैरसरकारी कार्यालय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले कंचनपुरमा पनि माघ १५ र १६ गते दुइदिन सहिद दिवश मनाउने निर्णय गरेको हो। सहिद दिवशको अवशरमा माघ १५ गते जिल्ला भरिका सरकारि कार्यालय , शिक्षण संस्था ,सार्बजनिक स्थानमा सरसफाइ , सहिद दिवस का बारेमा अन्तरक्रीया र सम्झना स्वरुप कम्तिमा एक बृक्षारोपण गर्ने कार्यक्रम तय भएको जिल्ला समुन्वय प्रमुख दुर्गादत्त बोहराले बताउनु भयो । सहिद दिवशको मुख्य दिन १६ गते भिमदत्तनगरपालिका वडा नं.- ४ स्थित सहिद दसरथ चन्दको शालिकमा बिहान १० बजे माल्यार्पन , सामुदायिक प्रहरि को समन्वय मा रक्तदान ,साझ ६ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको उहाले जानकारी दिनु भयो ।सहिद दिवशको अवसरमा जिल्ला भरीनै विभिन्न कार्यक्रम गर्न जिल्लाका स्थानियतह, सरकारीकार्यालय ,संघसंस्था र शिक्षण संस्थालाइ उहाँले आग्रह गर्नु भएको छ ।

