कञ्चनपुर – नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरको आयोजनामा मित्र राष्ट्र भारतको ७६ औँ गणतन्त्र दिवसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाल भारत मैत्री सङ्घ कञ्चनपुर अध्यक्ष कृष्ण प्रसाद पाठकको सभाध्यक्षता रहेको थियो भने नेपाल भारत मैत्री सङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता रहेको थियो।
नेपाल र भारतबिचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रममा विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि बोहराले नेपाल र भारतबिचको सहकार्य, साझेदारी, र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने आवश्यकता औँल्याए।
कार्यक्रमको सञ्चालन नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरका सचिव माधव प्रसाद जोशीले गरेका थिए भने स्वागत मन्तव्य सङ्घका उपाध्यक्ष समरजङ्ग बहादुर चन्दले राखेका थिए।
त्यसैगरी कार्यक्रममा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश बोहरा, होटल व्यवसायी सङ्घ कञ्चनपुरका महासचिव नवराज जोशी, उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका पूर्व उपाध्यक्ष हेमराज जोशी , रेडक्रस कञ्चनपुरका प्रतिनिधि नर बहादुर राना लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
सहभागीहरूले दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता रहेको बताए।

