शुक्र, बैशाख २५, २०८३

निर्माण समाग्रीको मुल्य आकासिएको भन्दै सत्ताधारीकै जनप्रतिनिधी रुष्ट


कञ्चनपुर, माघ १२ निर्माण समाग्रीको मुल्य आकासिएपछि सत्ताधारी दलकै जनप्रतिनिधी समेत रुष्ट देखिन थालेका छन ।

निर्माण व्यवसायीले ६माघ देशभर निर्माण समाग्री सिमेन्ट, सरियाको मुल्य घटाउन प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । यसरी निर्माण समाग्रीको मुल्य बृद्धि भएपनि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समेत असन्तुष्टीता प्रकट गरेका छन ।

दुई महिनामै झण्डै ३सय प्रति बबोरा सिमेन्टको रेट बढेको छ, तैपनि मख्य छौँ हाम्रो पाटीको सरकार राप्रो सरकार भन्दै धत्त तेरिका भनेर टिप्पणी गरेका छन । निर्माण समाग्रीको मुल्य बृद्धि भएपनि संसदीय समितिदेखि सडकसम्मै आवाज उठ्दा समेत सरकारले यस तर्फ ध्यान नदिएको विपक्षी दलको आरोप छ ।

विपक्षी दलहरुले सिमेन्ट, सरिया सहितका निर्माण समाग्रीको मुल्य बृद्धि गरेर सरकारमा बसेकाहरुले निहित व्यक्तिगत लाभ लिन खोजेको भन्दै आरोप लगाईरहेका बेला नागरिक समेत निर्माण समाग्रीको मुल्य आकासिएपछि रुष्ट देखिएका छन । यसतर्फ सरकारले ध्यान दिनुपर्ने माग अघि सारेका छन ।

सम्बन्धित समाचार

Leave a Reply