कञ्चनपुर, माघ १२ नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरका अध्यक्षमा निराजन थापा चयन भएका छन । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा जिल्लाकै पुराना युवा व्यवसायी निराजन थापा चयन भएका हुन । उपाध्यक्ष नविन भट्ट, सचिव पुरष्करराज जोशी, कोषाध्यक्ष गणेश खत्री, सदस्य श्रीकृष्ण भट्ट, कृष्णदत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की रहेका छन । काँग्रेस कञ्चनपुरका जिल्ला सभापति समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीको प्रमुख आथित्यमा अधिवेशन भएको थियो । झण्डै अढाई दशक बढि समयदेखि यातायात व्यवसाय गर्दैै आएका नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निराजन थापाले व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । थापाले यस अघि पवनदुत यातायात समितिको नेतृत्व गरिसकेका थिए ।

