आइत, जेष्ठ २४, २०८३

शिक्षण सुधार तथा रणनीति निमार्णका लागि कार्यशाला गोष्ठि


पप्पु गुरुङ्ग दाेधारा ११ माघ । कञ्चनपुरको एक विद्यालयले शिक्षण सुधार तथा रणनीति निमार्ण कार्यशाला गोष्ठि सञ्चालन गरेको छ ।
शुक्रबार दोधाराचाँदनी –०७ बाबाथानमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले दुई दिवसीय विद्यालय शिक्षण सुधार तथा रणनीति निर्माण कार्यशाला गोष्ठि आयोजना गरेको हो ।
उक्त विद्यालयले यहि माघ ११ र १२ गते सम्म चल्ने छलफल तथा विद्यालयको लागि शिक्षण सुधारमा के कस्ता कार्यक्रमबाट टेवा पुग्ने रणनीति निर्माणबाट बार्षिक योजना तयार गर्नको लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम चलि रहेको विद्यालयका अध्यक्ष ईन्द्र बहादुर रावलले जानकारी दिएका छन ।
आयोजित कार्यक्रममा बिद्यालयका अध्यक्ष ईन्द्र बहादुर रावलको सभापतित्वमा प्रमुख अतिथि दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर लिम्बु रहेका थिए भने अतिथिमा भुपु विद्यार्थी, विद्यार्थी, अभिभावक, लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यसैगरी पहिलो र दोस्रो दिन सरोकारवालाहरु बिचको अन्तरक्रिया छलफलबाट विद्यालयको शैक्षिक सुधारमा आगामी बार्षिक रणनिति तयार गरीने बिद्यालयका अध्यक्ष रावलले बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply