आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरमा श्रृङखलाबद्ध प्रहरीले आफैमाथि बन्दुक चलाउँदै


रमेश प्रशाद भट्ट कञ्चनपुर, ११माघ कञ्चनपुरमा फेरी एक प्रहरी जवानले आफैमाथि गोली चलाएका छन ।

१२ पुष शुक्रबार साँझ ७बजेतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रशाद न्यौपानेले आफैमाथि गोली चलाएको महिना दिन समेत पुग्न नपाउँदै फेरी कञ्चनपुरमा अर्का प्रहरी जवानले गोली चलाएका छन ।

बुधबार राती झण्डै सवा ८ बजेतिर महेन्द्रनगर स्थित विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि गोली चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले आफैमाथि गोली चलाएको बताए ।

गोली प्रहारबाट प्रहरी जवान विष्ट गम्भिर घाईते भएका छन । विष्टको कानमा गोली लागेको छ । घाईते विष्टले उपचारका लागि महाकाली अस्पतालमा लगिएको छ । गम्भिर घाईते भएकाले अस्पतालले रिर्फरको तयारी गरिरहेको छ ।

घटनाको कारण पत्ता नलागेको कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले बताए । ‘यो घटना किन के कारणले आफैमाथि उनले गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन, ‘उनले भने, ‘प्रहरीले अनुसन्धान अघि बढाएको छ ।’ बझाङ्ग घर भएका विष्टले आफैमाथि गोली प्रहार गरेको र यस अघि अछाम घर प्रहरी जवान न्यौपाने आफैले आफैमाथि गोली प्रहार गरेर घाईते भई कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस अघि आफैमाथि गोली चलाएर घाईते भएका न्यौपाने उपचारार्थ रहेकै बेला अर्का प्रहरी जवानले आफैमाथि गोली चलाएपछि प्रहरीकै तल्लो दर्जामा कार्यरत प्रहरीबाटै सुुरक्षा चुनौती थपिएको चर्चा चलिरहेको छ ।

प्रहरी जवानद्वय न्यौपाने र विष्टले आत्महत्या गर्न खोजिएको अनुमान गरिएको छ । महिनै पिच्छे कञ्चनपुरमा प्रहरीले आफैमाथि गोली प्रहार गरेर घाईते भएपछि नागरिक समेत त्रसित भएका छन ।

देशका विभिन्न स्थानमा प्रहरीले आफैमाथि गोली प्रहार गरेर आत्महत्याका घटना अझै रोकिएका छैनन । कामको बोझ, मानसिक तनाव, काम बढि सेवा सुविधा कम भएकै कारण पनि आत्महत्याका घटना बढिरहदा समेत यस विषयमा सरकारी तहबाटै गहन अध्ययन भईरहेको छैन ।

सम्बन्धित समाचार

Leave a Reply