पुजा चौधरी, कञ्चनपुर माघ ११कञ्चनपुरको बेदकोट नगरको बडघर भलमन्सामा रामसिह डगौरा चयन भएका छन ।
बेदकोट नगरपालिका २भम्कामा भएको नगर भेलाबाट नगर भलमन्सामा डगौरा चयन भएका हुन । नरेन्द्र राना, धनिराम राना,बिमला डगौरा, सहायक नगर बडघर भलमन्सामा चयन भएका छन ।
बैजनाथ मावि जडेपानीको प्रद्यानाध्यापक नवराज पन्त निर्वाचन समिति संयोजक रहेका थिए । उनीहरुकै उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका छन ।
बेदकोट नगर बडघर भलमन्सा रामसिह डगौराले समाहित हितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

