आइत, जेष्ठ २४, २०८३

आन्दोलित युवा विद्यार्थीले विद्युतका प्रमुखलाई भने,२२ सटर बनाउन तपाई सति नजानुस


कञ्चनपुर। कञ्चनपुरका युवा विद्यार्थीहरुले नेपाल विद्युत प्राधिरण वितरण शाखा महेन्द्रनगरमा सात बुदे ज्ञापन पत्र बुझाएका छन ।

बुधबार विभिन्न राजनैतिक दल निकट युवा विद्यार्थीले विद्युत कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझाउँदै युवा विद्यार्थीले विद्युतका केही कर्मचारीहरु कमिसनमा लिप्त भएको र कमिसन खाने चक्करमा कमसल गुणस्तहिन काम गरेर विद्युतका सेवाग्राही जनतालाई मारमा नपार्न दवावमुलक चेतावनी दिएका छन ।

उता दुर्गम गाउँवस्तिमा विधुत लाईन व्यवस्थित नभई पटकपटक दुख पाईरहेका छन् यसै बर्षमा पनि ३ जनाले ज्यान गुमाउनु परेको छ भने यता भीमदत्त नगरपालिका, विधुत हाकिम चुटुन कुमार श्रिवास्तव र व्यवसायी मिलेर मदन चौकमा २२ सटर बनाउन मापदण्ड को बाधक बनेको २/३ सय मिटर विधुत लाई अन्डरग्राण्ड गरेर मापदण्ड पुगाउन मरिहत्ते परेका छन् मागपत्र बुझाउदै विद्युत कार्यालयको चरम लार्पबाहीले विद्युतीय खम्बा भन्दा तारहरु भुईछुने अवस्थामा मानविय क्षति हुँदा समेत विद्युतले ध्यान नदिएको, विद्युतबा आगलागीका घटना भईरहेको, कम क्षमता भएका ट्रान्सफर जडान गरेर सेवाग्राहीलाई गर्मीमा मारमा पारेको, विद्युतको वैज्ञानिक व्यवस्थापन नगरेको, विद्युत पोलमा अवैध रुपमा जडान गरिएका केबलका तार व्यवस्थापन नगरिएको, तार जडान अनियमित भएको, अहिलेपनि विद्युतका तार काठकै पोलमा राखिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गर्मी हावाहुरी, बर्षातको समय आउँन केही समय बाँकी रहदा विद्युतका कर्मचारीले समस्या पहिचान नगर्ने अनि समान्य हावाहुरीले विद्युतका पोल, ट्रान्समिटरमा हुने क्षतिले नागरिकले एकातिर सास्ती खेप्नुपर्ने अर्कातिर राज्यको ठुलो धनराशी खर्च हुने भएपनि त्यस तर्फ विद्युतले ध्यानै दिन नसक्ने आरोप लगाईएको छ भने उता तिर विधुत हाकिम चुटुन कुमार वास्तव २२ सटर का ठाउँमा अन्डर ग्राउन्ड विधुत लाईन विस्तार गर्न मरिहत्ते छन् । वाईसिल कञ्चनपुरका संयोजक तिलक जप्रेल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दल ब. धामी(अबिरल), राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष कमलेश सिह, अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँवर, युवा संघ नेपालका जिल्ला सचिव सरोज विष्ट, राप्रपा निकट विद्यार्थी अध्यक्ष प्रेम रावल, क्रान्तिकारीका जिल्ला सचिव भुवन भट्ट, क्रान्तिकारी युवा संगठनका जिल्ला सदस्य जनकद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा विद्युतका चरम लार्पबाही बारे गम्भिर भएर समस्या समाधान नगरेर आन्दोलनको चेतावनी दिएका छन ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा कञ्चनपुरले युवा विद्यार्थीले उठान गरेका विषय जाजय भएको तर कमिसन र अनियमितता नभएको दावि गरेको छ । यसैविच संयुक्त युवा विद्यार्थीले एडिबीले मापदण्ड विपरित महेन्द्रनगरमा कामकाज गरिरहेको भन्दै क्षेत्रीय सहकारी विकास आयोजना कार्यालयमा समेत सुचना माग गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply