आइत, जेष्ठ २४, २०८३

विद्यार्थी नेता डम्बर कुँवर अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध


कञ्चनपुर, माघ १० कञ्चनपुरका विद्यार्थी नेता डम्बर बहादुर कुँवर अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन ।

विद्यार्थी नेता कुँवर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन ।

अखिल क्रान्तिकारी २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्य समिति चयनका लागि भएको उम्मेदवारी दर्ता अनुरुप भूगोलबाट केन्द्रीय सदस्यमा कुँवरको मात्रै उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सह संयोजक समेत रहेका विद्यार्थी नेता कुँवर झण्डै १३ बर्षदेखि विद्यार्थी राजनीतिमा सकृय रहेका छन ।

सिद्धनाथ विज्ञान क्याम्पस इकाईबाट जिल्ला सह संयोजकको जिम्मेबारी निर्वाह गरिसकेका कुँवर अहिले निर्बिरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

क्रान्तिकारी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका विद्यार्थी नेता डम्बर कुँवरले आम विद्यार्थीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply