कञ्चनपुर, १०माघ कञ्चनपुर स्थित महेन्द्रनगरको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका छन ।
गयराती भीमदत्त नगरपालिका ६ महेन्द्रनगर ऐठपुर स्थित रहेको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले डान्सबारभित्र ग्राहकहरुविच एक आपसमा वाद विवाद हुने क्रममा भारतीय नागरिकले पेस्तोल देखाएर भाग्ने क्रममा सडकबाटै पक्राउ गरिएको बताए ।
प्रवक्ता जोशीका अनुसार भारतीयले प्रंयोग गर्दै आएको युके ०६एआर०८४६जिप हतियार सहित चारै भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड प्रेमनगर खटिकामा ३२ बर्षिया सञ्जय जेठी, ३४ बर्षिया जिवन सिह, ३२ बर्षिया कोमल विष्ट र ३४ बर्षिया उमेद सिह अधिकारी रहेका छन । उनीहरुको साथबाट म्यागजिन पेस्तोल बरामद गरिएको छ ।
हतियार सहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भईरहेको र हातहतियार खरखजाना अन्र्तरगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
हतियार सहित विच बजारबाट पक्राउ परेका चार भारतीयको यो घटनाले सीमावर्ती कञ्चनपुरका सर्वसाधारणले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि चेकजाँचमा कडाई गर्ने अनि नेपालमा कसरी हतियार आएको भन्दै जिज्ञासा राखिरहेका छन ।
गत मंसिरमा सम्पन्न भएको स्थानीय तह उप निर्वाचन भीनपा ६का स्वतन्त्र उम्मेदवार थानेश्वर भट्ट सहितका अन्य उम्मेदवारले भीनपा ६मा रहेका गैर कानुनी डान्सबार, स्पा, क्यासिनो बन्द गर्ने एजेण्डा अघि सारेका थिए ।
भारतीय नागरिक यसरी हतियार सहित नेपाल प्रवेस गरेको घटनासंगै सीमा क्षेत्रमा थप चेकजाँचमा कडाई गर्नुपर्ने स्थानीयको सुझाव छ ।

