कञ्चनपुर, माघ ९ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको सयोजकमा लाल परियार चयन भएका छन ।
मंगलबार नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको भेलाले तदर्थ समितिको संयोजकमा जिल्लाका उद्यमी युवा परिवार संयोजकमा चयन भएका हुन । सदस्यहरुमा जयराज भट्ट, कपिल भट्ट, खेमराज धामी , सन्तोष धामी रहेका छन ।
नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको सयोजकमा चयन भएका युवा उद्यमी लाल परियारले कोरोना महामारीपछी धरासायी बन्दै गएको उद्योग, व्यवसाय क्षेत्र विस्तार गर्दै आर्थिक गतिबिधी बृद्धि गर्ने बताए ।
उद्योगी, व्यवसायीका साझा समस्या अध्ययन गर्दै आर्थिक सम्बृद्धिका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

