आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरका युवा विद्यार्थी संगठनले नेपाल विधुत प्राधिकरण महेन्द्रनगरलाई ७ बुँदे मागपत्र बुझाए


कञ्चनपुर । कञ्चनपुर जिल्लाका युवा विद्यार्थी संगठनले नेपाल विधुत प्राधिकरण महेन्द्रनगर लाई ७ बुँदे माग पत्र बुझाएको छ ।

कञ्चनपुर जिल्लाका क्रियाशील युवा विद्यार्थी संगठनहरुले जिल्लामा भईरहेको विकृति विसंगतिका विरुद्ध निरन्तर एकीकृत भई आवाज उठाइरहेको छ ।

यसै सिलसिलामा नेपाल विधुत प्राधिकरण कार्यालयको चरम लापरवाहीका कारण पटकपटक कञ्चनपुर जस्तो जिल्लाले मानवीय क्षेति वेहर्नुपरेको छ, सम्वन्धित निकाय मौन छ, पटकपटक सयुक्त युवा विधार्थिहरुले मौखिक जानकारी गराउदा समेत सम्बन्धित निकाय गैरजिम्मेवार छ र वेखवर छ भन्दै युवा विद्यार्थी संगठनले नेपाल विधुत प्राधिकरण महेन्द्रनगरलाई ७ बुँदे माग पत्र बुझाएको युवा विद्यार्थी दीपेन्द्र शीह ऐरीले बताएका छन् ।

उनले भने,”नेपाल विधुत प्राधिकरणको चरम लापरवाहीको विषय प्रति हामी सयुक्त युवा विधार्थिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।त्यसैले हामी सयुक्त युवा विधार्थिहरु आज कार्यालय मै उपस्थित भई कार्यालय प्रमुख समक्ष हाम्रा मागहरु सहितको पत्र पेश गरेका हौं । हाम्रा मागहरु तत्काल सुनवाइ भएन भने हामी चरणवद्व संघर्ष गर्ने कुरा त्यसै मागपत्र मार्फत जानकारी गराएका पनि छौं ।”

मागपत्रका ७ बुँदाहरु   

१- कञ्चनपुर जिल्लाको ९ वटै स्थानीय तहका गाउँ वस्तिहरुमा पोल (विधुतिय खम्बा) भन्दा तारहरु भूईछुने अवस्थामा छन उक्त समस्याले पटकपटक हामीले मानवीय क्षेति वेहर्नु परेको छ तसर्थ विधुतिय तारहरु तान्नुपर्ने ।

२- विधुतिय तार नजिक रहेका बोट विरुवाहरुमा तार छोईएर वस्तिमा आगलागिको अति जोखिम समस्या उक्त समस्या समाधान तत्काल गरियोस्

३- कञ्चनपुर जिल्लाका ९२ वटै वडाहरुमा विधुतिय को (ट्रान्सर्फमर किभिए) क्षमता कम भएका कारण गर्मि महिनामा चरम सास्ती भोग्नुपरेको छ तसर्थ उक्त समस्याको तत्काल समाधान गरियोस्

४- अहिले पनि कञ्चनपुर जिल्लाका केही दुर्गम वस्तिमाहरु उचित तरिकाले विधुतिय व्यवस्थापन नभएका कारण गर्मि महिनामा विधुतवाट बञ्चित भई वस्नेपर्ने अवस्था छ यस्ताखाले समस्याको तत्कालीन समाधान गरियोस् ।

५- विधुतिय पोलहरुमा अवैध तरिकावाट जडान गरिएका केवल लाईनहरु तत्काल खारेज गरियोस् ।

६- नेपाल विधुत प्राधिकरण को नियमा अनुसार तार देखि घर वा रुख सम्म हुने दुरी तत्काल कायम गरियोस्

७- अहिले पनि अधिकांश ठाउमा विधुतिय तारहरु काठको पोलमा तानिएका छन् उक्त ठाउँहरुमा सिमेन्ट पोलहरु गाडियोस्।

सम्बन्धित समाचार

Leave a Reply