आइत, जेष्ठ २४, २०८३

राप्रवि संगठनको फुटबल खेलमा मन्त्र हस्पिटलको हेल्थडेस्क


उपेश सिंह धामी महेन्द्रनगर ०८ माघकञ्चनपुरको महेन्द्रनगरमा रहेको एक निजि हस्पिटलले हेल्थडेस्कबाट सेवा दिने कार्यलाई निरन्तरता दिएको छ ।

सोमबार भीमदत्त नगरपालिका–०६ मा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले राप्रवि संगठनको आयोजनामा एक सातादेखि चलिरहेको तेस्रो अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको आयोजित खेलमा हेल्थडेस्क मार्फत खेल समापन सम्म प्राथमिक उपचारमा सेवा दिएको हो ।

एक साता अघि देखि मन्त्र हस्पिटलका स्वास्थ्यकर्मी योगेन्द्र अवस्थीले खेलाडीहरुको प्राथमिक उपचार गर्न हेल्थडेस्कमा रहेका थिए ।

उक्त हस्पिटलले स्थापना समयदेखि आफ्नो अस्पतालको उद्देश्य केवल नाफामुखी मात्र नभएर समाजिक सेवामुखी पनि रहेकोले यस्ता कार्यहरुलाई निरन्तरता दिईरहेको र आगामी दिनमा पनि निरन्तता दिने हस्पिटलका निर्देशक डा.गोविन्द रोकायाले बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply