आइत, जेष्ठ २४, २०८३

राप्रवि संगठनद्वारा तेस्रो अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभाग टिमलाई 


oplus_0

सन्जु महर

महेन्द्रनगर ,कञ्चनपुरको महेन्द्रनगरमा राप्रवि संगठनद्वारा तेस्रो अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको आयाेजित खेलमा सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभाग टिमले उपाधि जित्न सफल भएकाे छ । 

साेमबार भिमदत्त नगरपालिका-१८ सुदूरपश्चिम विश्वविद्यालयको प्रांगणमा राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठनले आयाेजना गरेकाे खेलमा सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभाग र कैलाली बहुमुखी क्याम्पस बिच भएकाे खेलमा ३-१ काे अन्तरका साथ सुदूरपश्चिमले अग्रताकाे साथ गाेल गर्दै उपाधि हात पार्न सफल भएकाे हाे ।

कैलाली बहुमुखी क्याम्पसले भानु मावि दाेधाराचाँदनीलाई  ६-० ले गाेल गर्दै कैलाली फाईनल प्रवेश गरेकाे थियाे भने सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभागले नेपाल वेस्टर्न एकेडेमी धनगढी कैलालीलाई ३-० ले गाेल गर्दै सुदूरपश्चिम फाईनल प्रवेश गरेकाे हाे । राप्रवि संगठनद्वारा तेस्रो अन्तर कलेज पुरुष फुटबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम बहुमुखी केन्द्रिय क्याम्पस व्यवस्थापन बिभागलाई कैलालीले पहिलाे गाेल गरे लगत्तै सुपले पनि गाेल फर्काउन सफल भएकाे थियाे भने पछि निरन्त दुई गाेल थप प्रहार गर्दै ३-१ ले खेलकाे उपाधि हात पार्न सुदूरपश्चिम टिम सफल भएकाे थियाे।

उक्त आयोजित खेलको अध्यक्षता राप्रवि संगठन सुदुरपश्चिम बहुमुखी क्याम्पसका अध्यक्ष सन्चित पन्त रहनु भएकाे थियाे भने प्रमुख आतिथ्यमा राप्रपा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जाेशि र बिशिष्ट अतिथिमा राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष प्रेम सिंह रावल लगायत बिभिन्न व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे। 

यसै गरी आयाेजित टिम लगायत खेलाडीहरुलाई सम्बाेधन गर्ने क्रममा प्रमुख अतिथि जाेशीले कञ्चनपुर जिल्ला महेन्द्रनगर नगर प्रधानपञ्च भएकाे बेला साेहि क्याम्पसकाे प्रांगणमा प्रशिक्षक पुष्कर शाहीले खेलाएकाे र खेलेकाे खेलमा  त्यतिबेला साेहि क्याम्पसकाे खेलमा सहभागी भएर शुभकामना दिएकाे स्मरण गर्दै आज पुनः भेट हुदा खुसी व्यक्त गर्दै राप्रवि संगठनले खेल क्षेत्रलाई पनि महत्वका साथ अघि बढाएकाे प्रति धन्यवाद व्यक्त गर्नुकाे साथै यस कार्यलाई निरन्तरता दिनु हुनेछ भन्ने बिश्वास लिएको बताएका छन।  यस्तै राप्रवि संगठन  सुप बहुमुखी क्याम्पसका अध्यक्ष पन्तले आगामी दिनमा पनि फुटबल संस्करण तथा अन्य खेलहरुकाे आयाेजना अघि बढाउने बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply