आइत, जेष्ठ २४, २०८३

एनसेलले माग्यो चिफ बिजनेस अफिसर, कति चाहिन्छ योग्यता?


एनसेलले चिफ बिजनेस अफिसर (सिबिओ) माग गरेको छ।आवेदकको योग्यता बिजनेस एड्मिनिष्ट्रेसनसँगै इन्जिनियरिङमा स्नाकोत्तर गरेको हुनु पर्नेछ।

इच्छुकको सूचना प्रविधि क्षेत्र अन्तर्गत सोलुसन एण्ड प्रडक्ट डेभलपमेन्ट र मार्केटिङमा २० वर्ष अनुभवसहित उच्च नेतृत्वमा रहेर कम्तीमा १० वर्ष अनुभव हुनु पर्नेछ।

चिफ बिजनेस अफिसरले मुख्य रूपमा कम्पनीको समग्र उद्यम र व्यापारदेखि व्यवसाय (बिटुबी) सञ्चालनहरू लगायत साझेदारीमा फिनटेक उत्पादनहरूको निरीक्षणको गर्नु पर्नेछ।

चिफ बिजनेस अफिसरले कम्पनीको आम्दानी वृद्धि, ग्राहकसँगको सम्बन्ध वृद्धि, ठूला कर्पोरेट ग्राहक, सरकारी एजेन्सी र अन्य व्यापारिक ग्राहकसँगको रणनीति निर्माणमा काम गर्नु पर्नेछ।

सम्बन्धित समाचार

Leave a Reply