धन सिह धामी,
कञ्चनपुर, माघ ७ कञ्चनपुरको उत्तरी क्षेत्र जिमुवा गाँउको प्राचिन सिद्धनाथ मन्दिरमा मानस यज्ञ संचालन गरिएको छ । गत बिहीबारदेखि भीमदत्त नगरपालिका १० जिमुवाको सिद्धनाथ मन्दिरमा मानस यज्ञ संचालन गरिएको हो ।
कञ्चनपुरका युवा हरिस साउदले महाकाली नदीको तटिय क्षेत्रमा पहिलो पटक सन्त महात्मादेखि बाबाहरुकै उपस्थितिमा मानस यज्ञ संचालन भएको बताए ।
सिद्धनाथ बैजनाथ मन्दिर समितिको आयोजना, मानवखण्ड विकास समितिको र खेचराद्रि आश्रम तत्वावधानमा मानस यज्ञ संचालन भएको छ । खेचराद्रि आश्रमका योगी व्याघ्रं बेदनाथले आफ्नो मुलुकको मानसखण्ड बारे जानकारी हुनुपर्ने बताए ।
योगी व्याघ्रं बेदनाथले मानसखण्डको भूमिको ऐतिहासिक महत्व रहेको बताउँदै उनले मानिस उत्पत्ती भएको क्षेत्रको विषयबारे ज्ञान हासिल गर्दै उजागर गर्नुपर्ने बताए । महाकाली तटिय क्षेत्र ऐतिहासिक धार्मिक पवित्र भूमि भएकाले धर्म, संस्कृति कलाको विकासका लागि यज्ञ लाभदाय हुने बताए ।
प्रवचनकर्ता आचार्य घनश्याम लेखकले पौराणिक महत्व बोकेको क्षेत्रको बृद्धि विकासका लागि मानस यज्ञ संचालन भएको बताए । धर्म संस्कृति कला पहिचान, भाषाको पुस्तान्तरण आवश्यक रहेको बताए ।
पुराणाबारे अहिलेको पुस्तालाई जानकारी हुनुपर्ने उनको भनाई छ । योगतपस्सी शिवरानथ महाराजले नेपालको धर्म संस्कृति संसारकै उत्कृष्ट रहेको बताए । सिद्धनाथ बैजनाथ मन्दिर समितिका कोषाध्यक्ष रामदत्त भट्टले यस मानस यज्ञले पौराणिक मन्दिरको बृद्धि विकासमा टेवा पुग्ने बताए ।

