आइत, जेष्ठ २४, २०८३

पाँचै पटक बैजनाथ मावि जडेपानीको हातमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता


प्रकास भट्ट कञ्चनपुर, माघ ५ ।कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

गत बुधबारदेखि भुवनेश्वरी मावि सिसैयाको प्राङगणमा शुरु भएको बेदकोट नगरपालिकामा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा सहभागि २० विद्यालय मध्ये यस पटक पनि बैजनाथ मावि जडेपानी प्रथम भएको छ । २१ स्वर्ण, १३ रगत १३ कास्य सहित बैजनाथ मावि प्रथम भएको हो । यस अघि लगातार चार पटक पनि बैजनाथ मावि नै प्रथम भएको थियो ।

बैजनाथ माविका प्राद्यानाध्यापक नवराज पन्तले पाँचै पटकपनि विद्यालयले नगर स्तरिय एव पाँचौ पटक उपाधी जितेको बताए । प्रअ पन्तले खेलाडीको मेहनत, शिक्षक, अभिभावको गाईडेन्सले समेत उपाधी पाईएको बताए । बैजनाथ माविका पुर्व प्रद्यानाध्यापक एव सहायक प्रअ थिरेन्द्रचन्द्र भट्टले नगर स्तरिय हुनु पुर्व पनि दुई पटक विद्यालयले जितेको बताए ।

‘बेदकोट नगरले नगर स्तरिय प्रतियोगिता संचालनका सबै पटक विद्यालयले जितेको छ, ‘उनले भने, ‘यस पटक पनि जितेको हो ।’ द्वितियमा भुवनेश्वरी मावि भएको छ । भुवनेश्वरी माविले ६ स्वर्ण, १२रगत, ६ कास्य र तृतियमा रत्न मावि भएको छ ।

५स्वर्ण, ५ रगत ९ कास्य जितेको छ । समापन कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरका उपप्रमुख तुलसी जोशीले खेलकुद माध्यामबाट देश निर्माणमा खेलाडी उत्पादन हुने बताईन ।

सम्बन्धित समाचार

Leave a Reply