कञ्चनपुर।नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले संचारकर्मिलाइ पत्रकार आचारसंहिताको पुर्ण पालना गर्न अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ कंचनपुरका अध्यक्ष सुरेश सिंह धामिको अध्यक्षमा आज बसेको बैठकले सो निर्णय गर्दै अनुरोध गरेको हो ।
जिल्लामा पछिल्लो समय पत्रकार आचारसंहिताको पालना नभएको जनगुनासो बढेपछी पत्रकार आचारसंहिताको पालना गरि समाचार तथा संवाद सम्प्रेषण , प्रकाशन , प्रशारण गर्न सम्बन्धित सबै संचारकर्मी र संचारमाध्यम लाइ अनुरोध गरिएको उहाँको भनाइ छ ।
पत्रकारहरुले कुनै पनि बिषयको समाचार प्रकाशन ,प्रशारणमा ध्यान दिनु पर्ने हुन्छ अर्थात संयमित हुनुपर्ने हुन्छ , उहाँले भन्नुभयो ” आचार संहिताको पालना नगरी हचुवाको भरमा लेखिएका, प्रकाशन गरिएका वा प्रशारण गरिएका समाचारले पत्रकार र सञ्चारमाध्यम प्रतिको बिश्वसनियता गुम्दै जान्छ, त्यसले भोलि संचारक्षेत्र लगायत सबैलाइ धराशायी बनाउन्छ।”पछिल्लो समय पत्रकारहरुले पत्रकार आचारसंहिताको पालना नगर्दा पत्रकार प्रतिको बिश्वास समेत गुम्दै गएको उहाँको भनाइ छ ।
पत्रकारिताको एक इथिक्स हुन्छ ,उहाँले भन्नू भयो,” त्यो इथिक्सको सबैले पालना गर्नु पर्छ ,त्यो दायरा भित्र रहेर काम गर्यो भने भोलि कसैले औला खडा गर्ने बाटो रहदैन।”जिल्लामा रहेका सबै संचारमाध्यम र पत्रकारहरुलाइ आचार संहिताको पालना गर्न गराउन अनुरोध गरिएकोले सबैले यस विषयमा जिम्मेवार भएर काम गर्नेमा बिश्वस्त रहेको समेत अध्यक्ष धामिले बताउनु भएको छ ।
यसैगरी , नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले शाखाका सबै सदस्यहरुलाइ सदस्यता नवीकरण गर्न समेत अनुरोध गरेको छ । शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । शाखाका सदस्यहरुलाइ यश बर्सको सदस्यता नबिकरण गरिदिन अनुरोध गरिएको अध्यक्ष धामिले बताउनु भएको छ ।

