आइत, जेष्ठ २४, २०८३

महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट


कञ्चनपुर, माघ ४ कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षाल नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ ।भीमदत्त नगरपालिका ४महेन्द्रनगरको महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले महाकाली बहुप्राविधिक शिक्षालयलाई उक्त कार्यक्रममा छनौट गरेको जनाएको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारविच युवाहरुका लागि गुणस्तरिय प्राविधिक शिक्षा र तालिम कार्यान्वयनका लागि चालु आर्थिक बर्षमा भएको सहमती अनुरुप प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मार्फत संघको शसर्त अनुदानमा उक्त कार्यक्रम संचालन हुनेछ ।

शिक्षालय सुधार योजना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिषा संस्थाहहरुका लागि आईसिटी समाग्री व्यवस्थापन र नमुना टिभेट संस्था विकासका लागि सहयोग कार्यक्रम संचालन गरिनेछ । छनौट भएका शिक्षक संस्थाहरुलाई कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धीत समाजिक विकास कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले २माघ ०८१मा सुचना जारी गरेको छ ।

भीमदत्त नगरपालिका स्थानीय सरकारबाट संचालित रहेको महाकाली बहुप्राविधिक शिक्षालय पछिल्ला बर्षहरुमा प्राविधिक शिक्षामा अब्बल बनिरहेको छ । उक्त नयाँ कार्यक्रम थप भएसंगै शिक्षालय संचालनमा टेवा पुग्ने जनाईएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएसंगै थप प्रभावकारी सेवा प्रदान गरिने बताए । निर्देशक साउदले उक्त कार्यक्रममा छनौट भएसंगै थप गुणस्तरिय शिक्षण कार्यक्रम अघि बढाउने बताए ।

सम्बन्धित समाचार

Leave a Reply