आइत, जेष्ठ २४, २०८३

महुलियामा माघ मिलन कार्यक्रम


पुजा चौधरी कञ्चनपुर, पुष २ कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलियामा माघ मिलन कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाती महासघ भीमत्त नगरपालिकाले माघ मिलन तथा लाभ वर्ष २६४८को अवसरमा माघ मिलन कार्यक्रम गरिएको हो ।

बुधबार एक कार्यक्रमका विच महुलियामा माघ मिलन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोग एव बडघर÷भलमन्सा समाजको व्यवस्थापनमा आदिवासी जनजाती महासंघ नगर समन्वय समितिले परापुर्वकालदेखि चल्दै आएको कला संस्कृति सरक्षणका लागि माघ मिलन कार्यक्रम गरिएको छ ।

नेपाल आदिवासी जनजाती महासघ भीमत्त नगरपालिका नगर समन्वय अध्यक्ष कुमारी लक्ष्मी चौधरीले पश्चिम नेपालका थारु समुदायको कलासंस्कृति सरक्षणका लागि माघ मिलन कार्यक्रम गरिएको बताईन।

कार्यक्रममा विभिन्न गाँउबस्ती टोलबाट आएका थारु समुदायले कला प्रस्तुत गरेका थिए । नेपाल आदिवासी जनजाती महासघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले माघ मिलन कार्यक्रम कला संस्कृति सरक्षणमा जोडदिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले पश्चिम नेपालका थारु समुदायको कला संस्कृति सरक्षणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए ।

मेयर बोगटीले थारु समुदायको सस्कृति सरक्षणका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा थारु समुदायका मौलिक खाने परिकार समेत वितरण गरिएको थियो । कञ्चनपुरका गाँउगाँउ थारु समुदाय माघ मिलन कार्यक्रम नयाँ बर्षकै रुपमा उत्सव मनाईरहेका छन ।

सम्बन्धित समाचार

Leave a Reply