उपेश सिह धामी महेन्द्रनगर ०१ माघ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तेस्रो संस्करणकाे फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले अन्तर कलेज पुरुष फुटबल प्रतियोगिता माघ १ गतेबाट शुरु भएको फुटबल प्रतियोगिता माघ ६ गते सम्म आयोजना गरेको हो ।
खेलमा ९ टिमले सहभागिता जनाएका छन् जसमा सुदूरपश्चिम विश्वविद्यालयका विभागिय पाँच टिम रहेका छन् भने दोधारा चाँदनीको भानु मा.वि. सार्क एजुकेशन फाउण्डेशन, जनज्योति बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पस रहेका छन् ।खेलमा सहभागी हुनको लागि प्रत्येक टिमबाट रु. १० हजार शुल्क तोकिएको थियो । प्रथम हुने टिमलाई रु. ७५ हजार ५ सय ५५ रुपैयाका साथै ट्रफी र प्रमाण पत्र र द्वितिय स्थान हासिल गर्ने टिमलाई रु. ३५ हजार ५ सय ५५ रुपैया, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष सञ्चित पन्तले जानकारी दिएका हुन ।
उद्दघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका चन्दले खेलले मानिसलाई अनुशासित र स्वास्थ्य बनाउनुको साथै खेलले राष्ट्रलाई विश्वसामु चिनाउने काम पनि गर्दछ उनले भने‘ ब्राजिल जस्तो सानो देश पनि आज खेलकै माध्यमबाट विश्वले चिन्ने गर्दछ । भोलिको दिनमा यही भूमिबाट विश्व सामु खेल खेल्ने खेलाडी तयार भए हामी सबैलाई गर्व हुने छ।’आज देखि सुरु भएको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिका अध्यक्ष सञ्चित पन्तको अध्यक्षतामा राप्रपाका केन्द्रीय सह प्रवक्ता तथा सदस्य पुर्ण बहादुर चन्दको प्रमुख आतिथ्यता रहेको थियो भने बरिष्ठ अतिथि भीमदत्त नगर अध्यक्ष करन सिह पाल रहेकाे कार्यक्रम सञ्चालन मुकेश पन्तले गरेका थिए ।

