शनि, जेष्ठ २३, २०८३

सोमबारदेखि बागफाँटाको त्रिवेणी धाम गौ–सेवा माघी महोत्सव


सुनिल राना, पुष २८ (सोमबार)देखि कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा त्रिवेणी धाम गौसेवा माघी महोत्सव ०८१शुरु भएको छ ।

बैजनाथ त्रिवेणी धाम र लोक कल्याणकारी गौःसेवा प्रतिष्ठानको संयुक्त आयोजनामा त्रिवेणी धाम गौसेवा माघी महोत्सव ०८१शुरु भएको हो । बैजनाथ त्रिवेणी धामका अध्यक्ष महेश बहादुर सिह(मिलन)ले आजदेखि महोत्सव शुरु हुन लागेको बताए ।

उनका अनुसार त्रिवेणी धामको बृद्धि विकासदेखि पञ्चगव्य प्रशोधन केन्द्र स्थापनाका लागि मकर संक्रान्ति महापर्वको अवसरमा महोत्सव संचालन गर्न लागेको बताए । ‘आज हामी उद्घाटनका दिन कलस शोभा यात्रा सहित उद्घाटन गरिनेछ, ‘उनले भने, ‘यस विचमा विवित कार्यक्रम गरेर मनाउँछौँ ।

अन्र्तराष्ट्रिय वैदिक संस्कृति प्रचारक हरिशरण महाराज सहितका धार्मिक अगुवा समाजिक अभियन्ताहरुको उपस्थिति कार्यक्रम हुनेछ । ७ माघसम्म महोत्सव संचालन हुनेछ ।

सम्बन्धित समाचार

Leave a Reply