शनि, जेष्ठ २३, २०८३

बैतडीकै पहिलो रेडियो सौगातका संचालक भट्ट सम्मानित


बैतडी : बैतडीकै पहिलो रेडियो सौगतका संस्थापक तथा संचालक बशुदेव भट्ट सम्मानित भएका छन् । शनिबार प्रेस सेन्टर नेपाल बैतडीको अधिवेशनमा सेन्टका नेता भट्टलाई सम्मान गरेको हो । बैतडीमा पहिलो पटक समुदायीक रेडियो सौगात स्थापना गरेर पत्रकारिता क्षेत्रमा योगदान पुत्याएको भन्दै अग्रज मिडिया प्रेमि भट्टलाई सम्मान गरेको सेन्टरका प्रदेश सदस्य ललित बोहराले बताए ।यस्तै सेन्टरले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा निर्वाचित बैतडी, डडेल्धुरा र दार्चुलाका अधिवेशनमा सहभागीलाई दोसल्ला ओडाएर सम्मान गरेको सेन्टरका प्रदेश सदस्य बोहराले बताए ।सम्मानीत हुनेमा बैतडीकै पहिलो रेडियो सौगात एफ एमका संचालक बशुदेव भट्ट, नवनिवार्चित नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरि बडु, नेपाल पत्रकार महासंघ डडेल्धुरा उपाध्यक्ष ललित बोहरा, नेपाल पत्रकार महासंघ बैतडी सचिव बिनोद बिष्ट, कोषाध्यक्ष करुणाकर भट्ट, प्रदेश परिषद सदस्य डिआर भट्ट र नेपाल पत्रकार महासंघ दार्जुला शाखाका सह-सचिव हरिप्रसाद भट्टलाई सम्मान गरिएको सेन्टरका नवनिर्वाचित उपाध्यक्ष गोबिन्द पन्तले बताए ।शनिबार बैतडी जिल्ला सदरमुकाममा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनले डिआर भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

सम्बन्धित समाचार

Leave a Reply