शनि, जेष्ठ २३, २०८३

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित


काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो ।

तर पोखराबाट काठमाडौं आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् ।

जिल्ला अदालतमा सुरुमा रवि लामिछानेको बयान हुनेछ । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ ।

थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ ।स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् ।

स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply